भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता

काठमाडाैं | असार १३, २०८३

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

 

गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी)ले जनाएको छ।

 

भूकम्पमा परी ५१ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको पनि एपीले जनाएको छ। भूकम्पमा ठुल्ठूला भवनहरू भग्नावशेषमा परिणत भएको छ। सरकारी उद्धार टोलीको अभाव हुँदा नागरिकहरू आफै भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्।

 

उद्धार कार्यमा ढिलाइ हुँदा अझै भग्नावशेषमा जीवित फसेका मानिसहरूलाई बचाउने सम्भावना घट्दै गएको स्थानीयलाई उद्धृत गरेर एपीले लेखेको छ। शुक्रबार राति सरकारले सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा प्रवेशमा कडाइ गरेको छ। उद्धार कार्यमा भीडभाड र ट्राफिकले अवरोध पुर्‍याउन थालेपछि सरकारी अनुमति बिना उक्त क्षेत्रमा प्रवेश गर्न नपाइने घोषणा गरिएको छ।

 

ला गुआइरामा आफ्ना परिवारका सदस्यहरूको खोजी गरिरहेकी नाजारेथ जिमेनेजले सरकार र अन्तर्राष्ट्रिय समुदायसँग भारी उपकरण उपलब्ध गराइदिन आग्रह गरेकी छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्